समाचार | Page 487 of 5987 | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

इटालीमा मोटोपनको समस्या बढ्दै

एजेन्सी,२३ फागुन । इटालीमा मोटोपनको समस्या बढ्दै गएको छ । इटालीका स्वास्थ्य संस्थानले इटालीमा बढ्दो तौलको चेतावनी दिएको हो । अधिक तौल जनसंख्याको प्रतिशत इटालीमा बिस्तारै बढिरहेको तथ्यांकले देखाएको छ ।

इटाली लामो समयदेखि संसारको सबैभन्दा स्वस्थ देशहरूमध्ये एक हो । इटालीमा तौलको समस्या भएका अधिकांशलाई अधिक तौलको रूपमा वर्गीकृत गरिएको छ । जसलाई विश्व स्वास्थ्य संगठनले अत्यधिक बोसो जम्मा भएको अवस्थाको रूपमा परिभाषित गरेको छ । त्यो वर्ग जनसंख्याको ३२.६ प्रतिशत हो । तीनमा लगभग एक व्यक्ति मोटोपनको समस्याबाट पीडित छ ।

आइएसएसको तथ्यांकअनुसार यो समस्या देशको दक्षिणी भागहरुमा बढी छ । इटालीका २१ क्षेत्रहरू वा स्वायत्त प्रान्तहरूमध्ये सातलाई तौल–सम्बन्धित वर्गहरूमध्ये कम्तिमा एउटामा राष्ट्रिय औसतलाई बढावा दिइरहेको देखिन्छ । र ती सबै दक्षिणमा छन् । देशमा लोकप्रिय भूमध्य–शैली आहार, जसले प्रशस्त फलफूल, तरकारी, नट, सम्पूर्ण अन्न र स्वस्थ बोसोलाई जोड दिन्छ । लामो समयदेखि इटालियनहरूलाई फिट रहन मद्दत गर्ने प्रमुख कारक मानिन्छ

लेबनान–इजरायल सीमा विवादबारे लेबनानका सभामुख र अमेरिकी राजदुतबीच छलफल

एजेन्सी,२३ फागुन । लेबनान संसदका सभामुख नबिह बेरीले लेबनान–इजरायल सीमामा भएको घटनाक्रमबारे छलफल गर्न भ्रमणमा रहेका अमेरिकी राजदुत आमोस होचस्टेनसँग भेट गर्नुभएको छ । होचस्टेनले संयुक्त राज्य लेबनान–इजरायल सीमामा चलिरहेको सैन्य अपरेशन रोक्न दीर्घकालीन समाधानमा काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

बेरुतमा सोमवार पुग्नुभएका होचस्टेनले लेबनानका प्रधानमन्त्री नाजिब मिकाती, लेबनानी सेनाका कमाण्डर जोसेफ आऊन र अन्य लेबनानी अधिकारीहरूसँग पनि भेट गर्नुभयो । उहाँले दक्षिणी लेबनानको अवस्थाबारे पनि छलफल गर्नुभएको थियो । लेबनान–इजरायल सीमा अक्टोबर ७, २०२३ देखि आक्रमण जारी छ ।

अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट

एजेन्सी,२३ फागुन । अरब लिगका महासचिव अहमद अबोल–घितले मङ्गलवार सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गर्नुभएको छ । क्षेत्रीय अवस्थाबारे छलफल गर्नका लागि बुधवारको अरब लिग काउन्सिलको मन्त्रीस्तरीय बैठक अघि उहाँले भेट गर्नुभएको हो ।

भेटमा गाजा स्ट्रिपमा नागरिकहरूमाथि इजरायलको निरन्तर आक्रमणको निन्दा गरेको छ । रक्तपात रोक्न र मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनका लागि इजरायललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायको असफलताको आलोचना गरेको छ ।

अबोल–घितले सिरियाको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र सिरियामा रहेका सबै विदेशी सेनाको सहमति बिना त्यहाँबाट फिर्ता हुने कुरालाई लिगको समर्थनलाई पुनः पुष्टि गर्नुभयो ।

गृहमा झमेला,अर्थ र परराष्ट्र छाडेको एमालेको स्वभाविक दाबी

काठमाडौं,२३ फागुन । नयाँ सत्ता गठबन्धन गृह मन्त्रालय कसले लिने भन्ने झमेलामा अल्झिएको छ । जनतालाई सेवा प्रवाह गर्ने भनेर बनेको गठबन्धनमा शक्ति अभ्यास गर्ने मनोवृत्ति हाबी हुँदा गतिरोध उत्पन्न भएको हो । दलहरूबीच भएको प्रारम्भिक समझदारीअनुसार माओवादीले अर्थ, जसपाले परराष्ट्र पाउने निश्चितजस्तै भएको छ । कृषि, शिक्षा, स्वास्थ्य, श्रम र पूर्वाधार मन्त्रालयप्रति कसैको आकर्षष छैन ।

नयाँ–पुराना सबै दलको अडान गृहमा भएपछि गतिरोध उत्पन्न भएको हो । अर्थ र परराष्ट्र छाडेकाले गठबन्धनको ठूलो दल एमालेले गृहमा दाबी गरेको छ । उता, रास्वपाले पनि सरकारमा जाने कि नजाने भन्ने प्रश्नलाई गृह मन्त्रालयमा केन्द्रित गरेको छ । मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ४ दलको बैठक मुख्यतः गृहकै विवादले निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव रहेको कार्यदल सहमतिको प्रयासमा छ । एमाले विष्णु पौडेलको नेतृत्वमा गृह वा अर्थ मन्त्रालय लिएर सरकारमा जाने कसरतमा छ । एमालेले कुनै पद नपाए सरकारमा नजाने भनेर नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भनिसकेका छन् ।

ठूलो दलको हैसियतले गृह र अर्थ मन्त्रालयमा दाबी गर्नु स्वाभाविक भएको एमालेका नेताहरुको तर्क छ ।

टर्की प्रहरीद्वारा ५१ जना आईएस संदिग्ध पक्राउ

एजेन्सी,२३ फागुन । टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ५१ संदिग्ध सदस्यलाई राष्ट्रव्यापी कारबाहीमा हिरासतमा लिएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

येर्लिकायाले संदिग्धहरूलाई इस्तानबुल, अन्टाल्या, गाजियन्टेप र अफ्योनकाराहिसारसहित १७ प्रान्तहरूमा हिरासतमा राखिएको थियो । आइएस आतंककारीहरू बिरुद्धको कारबाहीलाई टर्कीले जनवरीको अन्तमा इस्तानबुलको एउटा चर्चमा आक्रमण गरेपछि आइएस आतङ्ककारीहरू बिरुद्धको कारबाहीलाई तिब्र पारेको छ ।

आईतवार मात्रै सामूहिक रूपमा एक सर्वसाधारणको हत्या गरेको छ । टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो । २०१५ देखि देशमा घातक हमलाहरूको लागि दोषी ठहराएको थियो ।

आज ३ प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं,२३ फागुन । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको केही भू–भाग लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै कोशी र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्रिशुली बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं,२३ फागुन । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस आज बिहान त्रिसुलीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

लु२ ख २१२१ नम्बरको यात्रुबाहक बस बिहान ५ बजे धादिङको त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको समाचार प्राप्त भएको थियो भने अन्य ३२ जनाको सकुशल उद्धार भएको थियो ।

बस अनियन्त्रित भई खोलामा खसेको हुन सक्ने अनुमान गरिएको छ । उद्धारका लागि ६ जना गोताखोरसहित सशस्त्र प्रहरीको २० जनाको टोली खटिएको थियो ।

घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाएको पठाएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

नेकपा एस सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न बैठक बस्दै

काठमाडौं,२३ फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।

यसअघि मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

ओलीको प्रंशसा गर्दै वामदेवले भने–वर्तमान गठबन्धनका सूत्रधार ओली नै हुन्

काठमाडौं,२३ फागुन । पूर्वउपप्रधानमन्त्री एवं नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताउनुभएको छ । सोमवार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताउनु भयो । मंगलवार उहाँले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको जस्तो अस्थिरता कम्युनिष्ट गठबन्धनपछि देखाउनु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री दाहालले पुनः काँग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताउनु भयो । उहाँले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिष्टहरु कम्युनिष्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले काँग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभइ आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताउनु भयो । उहाँले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री दाहाल नभइ ओली नै रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अप्रत्याशित हो । हिजोको सत्ता गठबन्धनको परिवर्तन र नयाँ सत्ता गठबन्धनको स्थापना अप्रत्याशित छ । यो कसैले चाहेका थिएनन् । एकातिर प्रधानमन्त्री छँदैछन्, त्यहाँ पहिलो पनि दुई महिना जति केपी ओलीको गठबन्धनमा सामेल भएर प्रधानमन्त्री बन्नुभएको व्यक्ति । यहाँ प्रधानमन्त्री भएर काम गरिरहनुभएको छ । त्यस्तो अवस्थामा, त्यसरी गठबन्धन तोडेर फेरि अर्कोतिर जान सक्नुहुन्छ भनेर कसले कल्पना गरेको हुन्छ र ? सबैको निम्ति अप्रत्याशित भयो । यस्तो घटनाको निम्ति वातावरण धेरै पहिलादेखि बनिरहेको हुन्छ । सिर्जना हुने अलि लामो समय हुन्छ । तर घटना स्वाट्ट घट्दा अप्रत्याशित लाग्छ । काँग्रेस काँग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै काँग्रेस अघि बढ्नुपर्छ । कम्युनिष्ट कम्युनिष्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ । जनतामा प्रतिवद्ध हुनुपर्छ, जनताका कामहरु गर्नेगरी आउनुपर्छ । काँग्रेस पनि त्यही किसिमले आउनुपर्छ । अहिले राजनीतिक अभिष्ट के देखियो भने कम्युनिष्टहरु एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिन्छ भन्ने विषय बन्न सक्छ । नेपाली काँग्रेससँग गएपछि त्यो बन्दैन । नेपाली काँग्रेस नयाँ पुँजीवादी व्यवस्थाको वकालत गर्ने पार्टी हो । पुँजीवाद सहितको समाजवाद निर्माण गर्ने बाटोमा नेपालका कम्युनिष्टहरु जानुपर्छ । त्यो परिस्थिति सिर्जना भएको छ । जनतासँग मत प्राप्त गरिसकेपछि प्रधानमन्त्री पाउनको निम्ति जे पनि गर्ने, त्यस्तो किसिमको गर्नु हुँदैन । अहिले पनि कम्युनिष्ट र काँग्रेस मिलेर जाने स्थिति छ । यो स्थिति अन्त्य भइसकेको छैन । मिल्ने स्थिति पनि तुरुन्तै बन्छ र छुट्टिने स्थिति पनि तुरुन्तै बन्छ । अहिलेलाई यसलाई सकारात्मक ढंगले लिनुपर्छ । कम्युनिष्ट मिलुन् र कम्युनिष्टको विचारधारबमोजिम अघि बढुन् । अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकतावद्ध गर्र्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यि दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो । अलिअलि खटपट भइरहेको काँग्रेसका नयाँनयाँ नेताहरुले प्रधानमन्त्रीको आलोचना गर्ने, प्रधानमन्त्री छोडेर जाउ, केही मतलव छैन, यस्ता प्रधानमन्त्री फेरि अर्को हुन्छ, भन्नेकुराहरु उठाउने, शेरबहादुरजी चुप लागेर बस्ने र मौका प¥यो भने नयाँ केटाहरुलाई उचाल्दिने गरेकाले प्रचण्डजीको मन बिग्रिएका होलान् । उहाँले पहिला पनि केपी ओलीलाई छोड्न चाहनुभएको होइन, केपी ओलीको व्यवहारका कारणले उहाँ जानुभयो । संसदको क्याबिनमा प्रधानमन्त्रीको क्याबिन हुन्छ, त्यो क्याबिनमा प्रधानमन्त्रीको कुर्सी छ, त्यो कुर्सीमा गएर बसिदिएर प्रधानमन्त्रीलाई उ पर राख्ने, आफू प्रधानमन्त्री बस्ने कुर्सीमा बसेको छ । फेरि पत्रपत्रिका आदिमा आउँछ । गल्ती गरिएछ पनि नभन्ने । भाषण गर्दा पुरानो अवस्थाका कुराहरु कोट्याउने, मैले गरेको ठिकै थियो भन्ने । आफूबाट आफैँ हट्ने स्थिति भयो । अहिले पनि त्यस्तै भयो भने स्थिति फरक हुन्छ । किनभने काँग्रेसहरु चेतेका छन् । जे भन्छन् पाँचै वर्ष प्रधानमन्त्री प्रचण्डलाई भनेर हातखुट्टा सबैले सही छाप दिन तयार हुन्छन् । केपी ओलीको व्यवहार, छुचो व्यवहार, अपमान गर्ने, कसैलाई पनि अपमान गर्ने, होच्याउनुपर्ने, आफू बाहेक सबै नराम्रो हुन् भन्ने पार्ने त्यस्तो व्यवहार हुन्छ, त्यसले उहाँसँगै गएकाहरु सधैँभर अपमानित महशुस गर्दछन् । केपी ओली, शेरबहादुर, प्रचण्डको व्यक्तित्व एकै हो नि । हामी एकै हौँ भन्नुपर्छ नि । त्यो नगर्नाले नै यो सबै बिग्रिएको छ । अब केपी ओलीले यो गठबन्धनलाई अन्तिमसम्म टिकाउनुपर्छ र एउटै कम्युनिष्ट पार्टी बनाउनका निम्ति उहाँ लाग्नुपर्छ । केपी ओलीले भुल सुधार गर्नैपर्छ । केपी ओलीकै कारण काखमा पुगेका प्रचण्ड फुत्किएर फेरि काँग्रेसतिर जानुपर्ने स्थिति किन सिर्जना भयो भन्दा प्रचण्डको व्यक्तित्वलाई कहिल्यै सम्मान गर्नुभएन । प्रधानमन्त्री भएको बेलामा सबैभन्दा माथिल्लो तहको व्यक्तित्व छ उहाँको भन्ने ठान्नुपर्छ । उहाँ बस्ने कुर्सीमा बस्दिने, आत्मलोचना छैन । व्यक्तित्वमा आघात पुगेपछि कसैले मान्दैन । उहाँले आफैँ प्रचण्ड हुन्जेलसम्म उथलपुथल हुन्छ, भइरहन्छ भन्नुभयो, त्यसले यतातिर छोडेर उतातिर जान सक्नुहुन्छ भन्ने सन्देश दिएको हो की भन्ने परेको छ । केपी ओली र प्रचण्डले आफूलाई सहमत गराउनसक्ने, संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरेपछि कुनै जोखिम छैन । जनतामा लोकप्रिय कार्यक्रम ल्याउनुपर्छ । उत्पादन र निर्माणमा विदेश गएका ६५ लाख सम्मका व्यक्तिलाई तुरुन्तै रोजगारी दिनेगरी कार्यक्रम ल्याउनुपर्छ । केपी ओलीले प्रचण्डको सम्मान गर्न जान्नुस् । प्रधानमन्त्री हुँदासम्म प्रधानमन्त्रीको र प्रधानमन्त्री नहुँदा बेलामा आफूजस्तै भुमिका र इतिहास भएको व्यक्तिको महत्व घटाउन हुँदैन । र प्रधानमन्त्रीलाई यताउति अहिलेको जस्तो अब गर्नु हुँदैन ।’

उहाँले केपी ओली र दाहालले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भयो । उहाँले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।

दुर्व्यसनमा फसेकालाई समाजमा पुर्नस्थापना गराउँदै आसरा सुधार केन्द्र

काठमाडौं,२३ फागुन । लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुर्नस्थापना गराउन रानीबारीस्थित नेपाल प्रहरीको आसरा सुधार केन्द्र सक्रिय छ । उर्जाशील युवाहरू समेत दुर्व्यसनमा फसेको खण्डमा व्यक्ति, परिवार, समाज र देशलाई समेत नराम्रो असर गर्छ । त्यस्ता व्यक्तिहरूलाई उपचार र सुधारको माध्यमबाट समाजमा पुर्नस्थापना गराउन केन्द्र स्थापनाकाल देखिनै क्रियाशील रहँदै आएको छ ।

आसरा मुनाफा रहित संस्था हो । सामाजिक सेवाको भावले केन्द्रले काम गर्दछ । लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल बढाउने र लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउन पहल गर्दछ । सचेतना कार्यक्रमहरू संचालन गर्दछ । प्रयोगकर्ताहरूलाई उपचार गरी घर, परिवार र समाजमा पुनःस्थापना गर्ने गर्दछ । सीप मूलक कार्यमा सहभागी गराई स्वावलम्बी बन्न सिकाउँछ । लागूऔषध प्रयोगबाट हुने रोगहरूबारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता उद्देश्य केन्द्रका रहेका छन् ।

उपचारका लागि केन्द्रमा आवासीय सुविधासहित निश्चित शुल्क र तोकिएको प्रकृया पूरा गरी भर्ना गरिने व्यवस्था छ । हाल एक पटकमा १२० जनासम्म भर्ना लिन सक्ने सिट क्षमता रहेको छ । उपचार अवधि न्यूनतम ४ महिनाको हुने गर्दछ । केन्द्रमा आर्थिक वर्ष २०७४र०७५ मा २८४ जना, आर्थिक वर्ष २०७५र०७६ मा २७० जना, आर्थिक वर्ष २०७६र०७७ मा २२३ जना, आर्थिक वर्ष २०७७र०७८ मा ३२५ जना, आर्थिक वर्ष २०७८र०७९ मा ३६४ जना, आर्थिक वर्ष २०७९र०८० मा ३३४ जना र चालु आर्थिक वर्षमा १९४ जना भर्ना भई उपचार गराएका थिए । तीमध्ये हाल ११० जना उपचाररत छन् । उपचार अवधि पूरा गरी घर फर्किएकामध्ये ५० प्रतिशत भन्दा बढिले पूरा सफलता पाएको अनुगमनको क्रममा एकिन भएको छ । केन्द्रको स्थापनाकालदेखि हालसम्म जम्मा ६ हजार ७२ जना भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् ।

लागूऔषध प्रयोगकर्ताहरू आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइन्छ । जसको कारण कतिपयको जीवन तहसनहस भएको छ । आर्थिक र सामाजिक अपराध बढ्ने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “लागूऔषध दुर्व्यसनबाट हुने अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । केन्द्रले संचालन गर्ने सचेतना र अभिमुखिकरण कार्यक्रमले निकै सहयोग पुर्‍याएको छ । केन्द्रको प्रभावकारितालाई मध्यनजर राखी केन्द्रलाई अझ सुविधा सम्पन्न, सेवामुखी, आत्मनिर्भर र समय सापेक्ष बनाउँदै समाजमा सशक्त पहिचान कायम गर्ने उद्देश्य रहेको छ । यसका लागि पूर्वाधार थप्दै लैजानुका साथै सेवालाई ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको छ ।”

आर्थिक वर्ष २०५४र०५५ देखि आर्थिक वर्ष २०७९र०८० सम्म २० वर्षदेखि मुनिका १ हजार ३४५ जना, २१ देखि ३० वर्ष सम्मका २ हजार ७९१ जना, ३१ देखि ४० वर्ष सम्मका १ हजार १७७ जना, ४१ वर्ष भन्दा माथिका ५६५ जना गरी कुल ५ हजार ८७८ जना भर्ना भई उपचार गरेका छन् । तथ्याङ्क विश्लेषण गर्दा २१ वर्षदेखि ३० वर्ष उमेर सम्मका सबै भन्दा बढि र ४१ वर्षदेखि माथि सबै भन्दा कम लागूऔषध प्रयोगकर्ताहरूले उपचार सेवा लिएका छन् । तीमध्ये शैक्षिक योग्यताको आधारमा साधारण लेखपढ १ हजार ६०४ जना, एसएलसी १ हजार ७३६ जना, प्रमाणपत्र तह १ हजार ८४० जना, स्नातक ५७६ जना, स्नाकोत्तर १०८ जना र एमबिबिएस १४ जना छन् । तथ्याङ्क विश्लेषण गर्दा शैक्षिक योग्यतामध्ये प्रमाणपत्र तह समूहका सबै भन्दा बढि र सबै भन्दा कम एमबिबिएस समूहका रहेको देखिन्छ ।

लागूऔषधको नशामा लागेका व्यक्तिहरूलाई पुनर्जीवन प्रदान गर्न केन्द्रमा मेडिकल युनिटको व्यवस्थाको साथै आवश्यकता अनुसार अभिभावकको परामर्शमा थप उपचार प्रकृया अवलम्वन गर्ने व्यवस्था छ । साथै योगाभ्यास, विभिन्न खेलकुद, शरीरिक व्यायम, व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरू तथा प्रश्नोत्तर, लेखन कला, विविध भूमिका निर्वाहको बारेमा प्रयोगात्मक कक्षाहरू संचालन गरिन्छ । पारिवारिक र सामाजिक समन्वय समेत गरिन्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “अपराध न्यूनीकरण र दुर्व्यसनीलाई समाजमा पुर्नस्थापना गर्ने उद्देश्यसहित केन्द्रले सामाजिक सेवाको रूपमा उदाहरणीय काम गरिरहेको छ । २१ देखि ३० वर्ष उमेर र प्रमाणपत्र तह अध्ययन गरेको संख्या तथ्याङ्कले सबै भन्दा बढि देखाएको समूहलाई लक्षित गरी काम गर्न केन्द्र सक्रिय छ ।”

हाल नेपाल प्रहरी श्रीमती संघको संचालन र सुपरिवेक्षणमा रानीबारीको साथै हालै स्थापना भएका सुनसरीको धरान र कैलालीको धनगढी शाखाबाट सेवा प्रदान हुँदै आएको छ ।

 

‘प्रहरी हौं’ भन्दै डर त्रास देखाई लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं,२३ फागुन । काठमाडौं घट्टेकुलोस्थित ३२ क्याफेमा भएको लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने दोलखा शैलुङ्ग गाउँपालिका–१ घर भएका ३२ वर्षीय प्रमेश्वर खडका, रामेछाप मन्थली नगरपालिका–९ घर भएका २८ वर्षीय मिलन तामाङ भन्ने बिनोद सुन्दास र गोकर्णेश्वर नगरपालिका–५ डेरा गरी बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–४ घर भएका ३७ वर्षीय प्रेम राई रहेका छन् ।

उनीहरूले एक जना पीडितलाई आइतबार राति मिलन लामा नाम गरेको फेसबुक आईडीबाट आईफोन लगायतको इलेक्ट्रोनिक ग्याजेटहरू किन्छु भनेर सो क्याफेमा बोलाई सामान हेरी सकेपश्चात हामी प्रहरी हौं भनी डर, धाक, धम्की दिई लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिहंदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद २१ हजार ४ सय ७० रूपैयाँ, मोबाइलहरू, सेट १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्र लगायतका सामानहरू बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

निर्माण व्यवसायी महासंघको चिन्ता–भुक्तानीको प्रक्रिया कसरी अघि बढ्ला ?

काठमाडौं,२३ फागुन । सार्वजनिक खरिद नियमावली १३ औं संशोधनलाई नेपाल निर्माण व्यवसायी महासंघले आंशिक स्वागत गरेको बताएको छ । सरकारले सोमवार प्रकाशित गरेको १३ औं संशोधनले सबै माग पूरा नगरेकोले पूर्ण समर्थन गर्न नसकिने बताएको हो । न्युज एजेन्सी नेपालसँग मंगलवार कुरा गर्दै नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले साउनमा आन्दोलन गरेपछि सरकारसँग भएको सहमतिको ८ महिनापछि एउटा मात्रै म्याद थपको मागका रुपमा सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन भएको बताउनु भयो । सरकारले निर्माण व्यवसायीहरुसँग गत साउनमा गरेका सबै मागहरु पूरा भएपछि मात्रै महासंघले सरकारको कामलाई पूर्ण स्वागत गर्ने बताउनु भयो । नयाँ सरकारले निर्माण व्यवसायीमैत्री नीति बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायीहरु बसेर छलफल गरी योजनाको काम सकिने अवधिको अनुमान गरेपछि मात्रै म्याद थप हुनेकुरा स्वागतयोग्य रहेको बताउनु भयो । गत साल जेठमा काम सकिएर पेश गरेका बिलहरुको भुक्तानी लिनलाई पनि अहिले म्याद थप नगरी पाउने अवस्था नभएको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले म्याद थप गरेको कार्यलाई महासंघले स्वागत गर्ने भन्दा पनि भुक्तानीको प्रक्रिया कसरी अघि बढ्छ ? भन्नेमा चासो रहेको बताउनु भयो । उहाँले म्याद थप भएर मात्रै नपुग्ने भन्दै निर्माण व्यवसायीहरुसँग भएका अन्य ८ वटा बुँदाहरु पनि सरकारले कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो ।

उहाँले उहाँले उहाँले भन्नुभयो, ‘यो हाम्रो कारणले नभइकन वास्तवमा जसले काम लगाउने हो, जसले जिम्मेवारी लिएर जसले टेण्डर आह्वान गरेका थिए उनीहरुको अकर्मण्यताले गर्दा पनि यो म्याद थपहरु गर्नुपर्ने हुन्छ । राज्यको निकायले पछिल्लो समयमा गरेका कामहरुको भुक्तानी दिन सकेको छैन । गत साल असारमा, जेठमै पेश गरेका बिलहरु अहिलेसम्म भुक्तानी हुन सकेका छैनन् । पटकपटक म्याद थप त भएको छ, हामीले माग पनि गरेका हौँ । म्याद थप नभइकन भुक्तानी दिनुपर्नेछ, गत साल जेठमा काम सकिएर पेश गरेका बिलहरुको भुक्तानी लिनलाई पनि अहिले म्याद थप नगरी पाउने अवस्था छैन । त्यसका लागि पनि म्याद थप आवश्यक थियो । यसमा म्याद थप आएको छ । २०८० साल साउन महिनाभर ५ गते भेला राखेर तत्पश्चात आन्दोलन गरेका थियौँ । त्यसपछि नेपाल सरकारसँग वार्ता भयो । वार्ताको सहमति भएको आज झन्डै ८ महिनापछि म्याद थपको भनेर सार्वजनकि खरिद नियमावलीको १३ औं संशोधन भएको छ । यसलाई महासंघले स्वागत गर्ने भन्दा पनि म्याद थपसँगै भुक्तानीको प्रक्रिया कसरी अघि बढ्छ ? म्याद थप भएर मात्रै हुँदैन । आर्थिक अभाव हुन्छ, आर्थिक कुरा पनि सँगै भयो भने कामहरु अघि बढ्न सक्छन् । अब नयाँ सरकार आएको छ, नयाँ सरकारले काम गर्ने वातावरण र राज्यले लिने नीति निर्माण व्यवसायीमैत्री हुन आवश्यक छ । म्याद थप गर्नु भन्दा पनि हामीले राखेका ९÷१० वटा माग छन् । ति मागलाई नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवज्युको नेतृत्वमा रहेको कार्यदलले सौहाद्रपूर्ण रुपमा स्वागत गर्नुभएको अवस्था छ । सबै मागहरु पूरा हुनुपर्छ भन्ने हाम्रो माग छ । म्याद थप मुख्य माग थियो, यसमा हामीले मागेको र राज्यलाई पटकपटक म्याद थप गर्दा पनि कति म्याद मागे भनेर राज्यलाई दिक्क लागेको अवस्था हुँदा अब प्रोजेक्ट कति समयमा सकिन्छ ? प्रोजेक्ट सक्न कति समय आवश्यक पर्छ भनेर त्यसलाई कार्यालय प्रमुख र निर्माण व्यवसायी दुवै बसेर त्यसलाई छलफल गरेर यो म्याद थप गर्ने परिपाटी ल्याइदिएको छ । हिजो फ्याट्ट मिति तोकेर म्याद थप गर्ने भन्ने प्रक्रिया तोडिएको छ । आफूलाई कति समय आवश्यक पर्छ, काम सक्न कति समय लाग्छ भन्नेकुरा प्राविधिक र सम्बन्धित निकायसँगै निर्माण व्यवसायीको समन्वयमा म्याद थप हुने भएकोले यसले निर्माण व्यवसायीहरुलाई राम्रो गरेको छ । म्याद थप मात्रैलाई पनि महासंघले स्वागत गर्छ । यसबाहेक अन्य ८ बुँदाहरु पनि नेपाल निर्माण व्यवसायी महासंघको माग पूरा नभइ आन्दोलनबाट सहमति भएका कुराहरु पूरा गर्न सरकारसँग आग्रह गर्दछौँ । यी सबै मागहरु पूरा भएपछि मात्रै पूर्ण रुपमा स्वागत गर्दछौँ ।’

संशोधित नियमावलीअुनसार समयमा काम सम्पन्न नभएका तथा काम चालु अवस्थामा रहेका देशभरका आयोजनाहरुको म्याद थप हुनेछ । संशोधित नियमावलीमा आयोजनाको निर्माण गरिरहेको निर्माण व्यवसायीले माग गरेअनुसार नै समय थप हुनेछ । साथै के कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसकेको हो ? कारण खुलाएर म्याद थप माग्नुपर्नेछ । थप आर्थिक दाबी नगर्ने प्रतिवद्धतासहित म्याद थपको सयम माग गर्न सकिनेछ भने नियम जारी भएको मितिले ३० दिनभित्र निवेदन दिनुपर्नेछ ।

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुग्यो

एजेन्सी,२३ फागुन । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३० हजार ५३४ पुगेको छ ।

इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ । आक्रमणमा २१० अन्य घाइते भएको बताइएको छ ।

अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३० हजार ५३४ र घाइतेको सङ्ख्या ७१ हजार ९२० पुगेको छ ।

काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,४ जनाको मृत्यु

काठमाडौं,२३ फागुन । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिसुलीमा खस्दा ४ जनाको मृत्यु भएको छ ।

लु२ ख २१२१ नम्बरको यात्रुबाहक बस बिहान ५ बजे धादिङको त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ । बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३२ जना सकुशल रहेको बुझिएको छ ।

बस अनियन्त्रित भइृ खोलामा खसेको हुन सक्ने अनुमान गरिएको छ । उद्धारका लागि ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको थियो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

पाकिस्तानमा भारी वषाले ३६ जनाको मृत्यु, ४१ जना घाइते

काठमाडौं,२३ फागुन । पाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

साथै ४१ जना घाइते भएका छन् । पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले मृत्यु हुनेमा २१ बालबालिका, ९ पुरुष र ६ महिला रहेका छन् ।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको छ । जहाँ २७ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान नियन्त्रित कश्मीरमा चार जनाको मृत्यु भएको छ ।

कुल ४६९ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको र अनुमानित ६१ जनावरहरू मरेका छन् ।

कांग्रेसले भन्यो–हाम्रो कारण गठबन्धन तोड्नुपरेको भन्ने कपोलकल्पित हो

काठमाडौं,२३ फागुन । नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उहाँले सो प्रतिक्रिया दिनुभएको हो । प्रवक्ता महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताउनु भयो । आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उहाँको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहीँ कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं । र, उहाँको मक्सद अरु नै हो । हामीले असहयोग गरेर छोडेको भन्ने कुरामा कुनै सत्यता छैन । प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहो¥याउनु भयो ।