अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

अरब लिग प्रमुख र सिरियाली विदेशमन्त्रीबीच भेट

saudi

एजेन्सी,२३ फागुन । अरब लिगका महासचिव अहमद अबोल–घितले मङ्गलवार सिरियाली विदेशमन्त्री फैसल मेकदादसँग भेटवार्ता गर्नुभएको छ । क्षेत्रीय अवस्थाबारे छलफल गर्नका लागि बुधवारको अरब लिग काउन्सिलको मन्त्रीस्तरीय बैठक अघि उहाँले भेट गर्नुभएको हो ।

भेटमा गाजा स्ट्रिपमा नागरिकहरूमाथि इजरायलको निरन्तर आक्रमणको निन्दा गरेको छ । रक्तपात रोक्न र मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनका लागि इजरायललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायको असफलताको आलोचना गरेको छ ।

अबोल–घितले सिरियाको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र सिरियामा रहेका सबै विदेशी सेनाको सहमति बिना त्यहाँबाट फिर्ता हुने कुरालाई लिगको समर्थनलाई पुनः पुष्टि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);