काठमाडौँ, ४ असोज । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराले बृहत प्रजातान्त्रिक एकता गरेर अगाडी बढ्ने बताएका छन् ।
राजधानीमा आयोजित पत्रकार भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष जबराले आगामी दिनमा आफनो पार्टीले बृहत प्रजातान्त्रिक एकता गरेर अगाडी बढ्ने बताएका छन् । उनले देशमा राजनैतिक स्थिरता र समन्वयात्मक अवधारणालाइ अवलम्बन गर्दै दिगो शान्ति र निर्वाचनको सुनिश्चितता लागी आफनो पार्टी सरकारमा सहभागी चाहेको बताएका छन् ।
अध्यक्ष जबराले आगामी निर्वाचनमा मुलुकभरबाट स्वस्थ प्रतिस्पर्धा गर्ने संगाठनिक संरचना तयार गरिरहेको जानकारी दिए ।