मेक्सिको अपडेटः मृत्यु हुनेको संख्या २४८ पुग्यो (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

एजेन्सी, ४ असोज । मेक्सिकोमा आएको महाभुकम्पको कारण मृत्यु हुनेको संख्या २४८ पुगेको सि एन एनले जनाएको छ । अझै कयौँ मानिस बेपत्ता रहेका छन् । १२ दिनको अन्तरालमा लगातार आएको ७.१ रेक्टर स्केलको भुकम्पको कारण अझै दर्जनौँ मानिसको मृत्यु भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको अधिकारीहरुलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ ।

मेक्सिको सिटीबाट १२३ किलोमिटर दक्षिण पूर्वी इलाकामा ५१ किलो मिटर गहिराई केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ। भग्नावशेषमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेकाले मर्नेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएको सिजीटिएनले खबर दिएको छ।

सन १९८५ मा गएको शक्तिशाली भूकम्पको वार्षिकीको सम्झना गर्दै भूकम्पीय सुरक्षा बारे अभ्यास कार्यक्रमहरु गर्दै गरेका बेलामा शक्तिशाली भूकम्प गएको हो। भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको बताइएको छ।