१९१ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

१९१ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ

sukraraj

काठमाडाैं, १० जेठ । टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलवार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ जना पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब संकलन गरेको थियो ।  नेपालमा रहेका पत्रकारहरू पनि काेराेना संक्रमणकाे उच्च जाेखिममा रहेका छन् ।

ताजा समाचार