काठमाडौंमै हैजा ! | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

काठमाडौंमै हैजा !

haija

काठमाडौं, २७ बैशाख । काठमाडौँको टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले त्यहाँ भर्ना भएका विरामीमा हैजाको कीटाणु देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उक्त अस्पतालका अनुसार बिरामीको दिसाको नमुना संकलन गरि शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु दुवैमा परीक्षण गर्दा यही बैशाख २२ गते हैजा प्रमाणित भएको देखिएको हो ।

अस्पताल र प्रयोगशालाको एउटा टीम हैजा प्रमाणित भएका बिरामीको घर गई निरिक्षण गर्दा भने बिरामीको स्थिती सामान्य रहेको देखिएको र परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);