होटल खोल्ने विकल्प चाहियो, लगानी डुब्ने र कर्मचारी भोकै मर्ने अवस्था आयो ( भिडियोसहित ) | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

होटल खोल्ने विकल्प चाहियो, लगानी डुब्ने र कर्मचारी भोकै मर्ने अवस्था आयो ( भिडियोसहित )

काठमाडौं, २५ वैशाख । लकडाउनले चौपट वनेको अर्थतन्त्रमा होटल व्यवसाय पनि अछुतो रहन सकेको छैन । अहिले होटल व्यवसायी ठुलो मारमा परेका छन् । होटल क्षेत्रको ठुलो लगानी डुब्ने संभावना भएको व्यवसायीहरु बताउँछन् । यो संगैं होटलमा काम गर्ने कामदारको व्यथा झन टड्कारो छ । उनिहरुलाई दैनिक खर्च धान्न मुस्किल परिरहेको छ ।

होटल कर्मचारीको समस्यालाई कसरी समाधान गर्ने बारेमा व्यवसायीहरुका आआफ्ना धारणा छन् । एकातिर, लगानीको जोखिम अर्कोतिर कर्मचारीको व्यवस्थापन । यो समस्यामा कसरी अघि बढ्ने बिषयलाई लिएर विजनेश प्लस टेलिभिजनका लागि संगिता कटुवालले विभिन्न व्यक्तित्वसँग कुराकानी गरेकी छिन् ।

विनायक शाह उपाध्यक्ष , होटल संघ नेपाल हान

होटेल व्यवसाय अहिले शून्यको अवस्थामा रहेका छन् । लकडाउनले होटल खोल्न अनुमति छैन । खोलेर पनि के गर्नु, पर्यटक आउने कुरै भएन । होटेल चलाएर पनि कर्मचारी आउन जान सक्दैनन् । होटेल बन्द गर्नुको विकल्प छैन । अन्य देशबाट आउने पर्यटक अहिले नआउने हुँदा होटेल रेस्टुरेन्ट नचाउने भन्ने सरकारको पनि निर्णय छ । ६ भन्दा कति समय बढि वन्द हुने अनिश्चित रहेको अबस्था छ ।

होटेलहरुमा काम गर्ने मजदुहरुको विषयमा केहि गर्न नसक्ने भनेर पछाडि हट्न नसक्ने हुँदा हानबाट सकेको पहल हुनेछ । यस विषयमा सरकारको सामाजिक कोषमा जम्मा भएका मजदुरकै तलबको १ प्रतिशत काटिदै आएको र धनराशी जम्मा भएको पैसा यस्तै विपतिको बेलामा काम लाग्नेछ ।

अरनिकोराज भण्डारी अध्यक्ष , रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल

कोभिड १९ को असरले गर्दा संसारमा नै परेको असर भएकाले अहिले पर्यटक आउन नसक्ने हुँदा सेप्टेम्बर वा अक्टोबर पछि मात्र टुरिष्ट आउने आशा छ । तारे होटेलहरु बन्द गर्दा ठुलो नोक्सानको अवस्था छ । तेस्तै रेष्टुरेन्टको हकमा नेपालमा करिव ३३ सय रेष्टुरेन्ट छन् । ति मध्ये ३५ देखि ४० प्रतिशत रेष्टुरेन्ट विदेशी पर्यटनमा निर्भर छन् । रेष्टुरेन्टहरुले खाना बनाएर अनलाईन अर्डर मार्फत घरघरमा पुरयाउने रेष्टुरेन्ट व्यवसायीहरुले योजना वनाउन थालेका छन् ।

माधव पाण्डे अध्यक्ष , अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ

वन्दले सबैलाई मार परेको छ । यसमा व्यवसायीहरुले ५/६ महिनाको समस्या धान्नुपर्ने अबस्था छ । यो कसरी समाधान गर्ने हो, निकै अन्योलमा छौं ।

सूर्यबहादुर कुँवर अध्यक्ष , नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुराँ मजदुर यनियन

कोरोना भाइरसले श्रम बजारलाई धेरै प्रभाव पारेको छ । पर्यटन क्षेत्र १ व्यक्तिले अर्को व्यक्तिलाई सेवा दिनु पर्ने पेशा हो । हालको विषम परिस्थितिमा सर्तक रहनुपर्छ । तर, व्यवसाय डुब्न लागिसक्यो । होटेल क्षेत्र प्रत्यक्ष रुपमा प्रभावित छ । यो परिस्थितिमा होटेलहरु बन्द गर्नुको विकल्प वारे छलफल गर्न आवस्यक छ । कसरी खुल्ने भन्ने बारेमा अभियान गर्नुपर्ने होकि जस्तो लाग्छ । बन्द गर्नु मात्र समस्याको समाधान नभएकाले सबै मिलेर सहमति र छलफलको आवस्यकता छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु शाह, भण्डारी, पाण्डे र कुँवरसंग गरिएको विस्तृत कुराकानी तलको यो भिडियोमा ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);