थर्मल गनको भरमा चालक र सहचालकलाई नेपाल भित्र्याइदै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

थर्मल गनको भरमा चालक र सहचालकलाई नेपाल भित्र्याइदै

mahottari naka

गोपाल झा

काठमाडौँ, १४ बैशाख । सरकारले लकडाउनका समयमा पनि भारत तथा तेस्रो मुलुकका खाद्यान्न तथा अन्य मालवाहक गाडीहरुलाई सावधानी अपनाएर भित्र्याउने अनुमति दिएको छ । तर महोत्तरीको मलिवाडा भिठामोड भन्सारमा भने भारतबाट भित्रिएका मालवाहक गाडी तथा गाडीसंगै आउने भारतीयहरुलाई थर्मल गनको परिक्षणका भरमा भित्रिन दिइएको दिइएको छ ।

लकडाउनको समयमा पनि महोत्तरीको मलिवाडा भिठामोड भन्सार हुँदै भारतबाट दैनिक दर्जनौँ मालवाहक सवारी साधन नेपाल भित्रिने गरेका छन् । दैनिक उपभोग्य सामान सहितको गाडीसंगै दैनिक करिब ४० भारतीय नागरिक उक्त भन्सार नाकाबाट नेपाल भित्रिने गरेका छन् । तर उनीहरुको कुनै विशेष चेकजाँच विना थर्मलगनका भरमा भित्रिन दिइएको छ ।

स्वास्थ्य परिक्षण विना प्रवेश गर्दा कोरोना भाईरस संक्रमणको जोखिम बढेको छ । भन्सारमा कार्यरत कर्मचारीहरुलाई सरकारले सुरक्षाका लागि अत्यावश्यक कुनै उपकरण उपलब्ध गराएको छैन । आवश्यक सुरक्षा कवजको व्यवस्था नहुँदा भन्सार कर्मचारी जोखिम मोलेर काम गर्न बाध्य छन् ।

जलेश्वर नगरपालिकाले विगत १ महिनादेखि भन्सार कार्यालय अगाडि हेल्प डेस्क स्थापना पनि गरिएको छ । तर, समान्य थर्मलगनको भरमा भारतीय ढुवानी साधनका चालक र सहचालकको ज्वरो नापेर भन्सार कार्यालयसम्म उनीहरु पुग्ने गरेका छन । तर, सरकारले तोके अनुसारको मापदण्ड पुराएर चेकजाँच भएको भन्सार प्रमुखको प्रतिक्रिया छ ।

भारतमा भाइरसको संक्रमण बढीरहेको छ । भारतमा काम गरि स्वेदश फर्केकाहरुमा बढी संक्रमण देखिएकोले जोखिम उत्तिकै छ ।तर, भन्सारमा चेकजाँचलाई फितलो बनाउँदा जोखिम बढेको छ । यसतर्फ जिम्मेवार निकायको गम्भीर ध्यान जान आवश्यक छ ।