कैलाली, १० वैशाख । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सिमामा थप कडाई गरिएको छ ।
भारतसँग सीमा जोडिएका कैलालीको १ सय १ किलोमिटर क्षेत्रलाई अहिले पूर्णरुपमा सील गरिएको हो ।
भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले अस्थायी र स्थायी गरी कैलालीका ८२ ठाउँमा पोष्ट खडा गरेपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ ।