सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ 

सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

२ घन्टा अघि