स्वास्थ्य सामग्री खरिदमा तीन विकल्प | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

स्वास्थ्य सामग्री खरिदमा तीन विकल्प

corona Kit

काठमाडाैं, २४ चैत । स्वास्थ्य सामग्री खरिदमा तीन विकल्प अवलम्बन गर्ने निर्णय बैठकले गरेको छ । सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, व्यवसायीसँग सीधै खरिद र जिटुजी विधि अपनाउने निर्णय भएको सदस्यसचिव बिडारीले बताए ।

यसअघि सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी सेनालाई दिइसकेको छ । पश्चिम नेपालमा संक्रमण फैलँदै गएकाले तत्काल ठूलो संख्यामा स्वास्थ्य सामग्री चाहिने भएकाले स्वास्थ्य मन्त्रालयले सीधै व्यवसायीसँग खरिद गर्ने बाटो पनि खुला राखिएको हो ।

त्यस्तै, बैठकले क्वारेन्टाइन र राहत विरतणसम्बन्धी मापदण्ड परिमार्जनको आवश्यकता रहेको निष्कर्ष पनि निकालेको छ । केही जिल्लामा मापदण्ड कार्यान्वयन नभएको पाइएपछि कतिपय विषय कडाइ गर्ने र कठिनाइ भएका विषय खुकुलो बनाउन लागिएको छ ।

राहत वितरणमा पनि विकृति देखिएपछि मापदण्ड संशोधन गर्न लागिएको बिडारीले बताए । राहत वितरणमा थोरै व्यक्तिलाई मात्र जान दिने गरी मापदण्ड संशोधन गर्न लागिएको छ । नयाँपत्रिका दैनिकले खबर छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);