लकडाउनबाट प्रभावितको सहयोगार्थ महालक्ष्मी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

लकडाउनबाट प्रभावितको सहयोगार्थ महालक्ष्मी नगरपालिकालाई राहत सामग्री हस्तान्तरण

rahat

ललितपुर, २३ चैत । लकडाउनका समयमा अति विपन्न नगरबासीलाई राहत उपलब्ध गराउन नेकपा बाग्मती प्रदेश कमिटि र महालक्ष्मी नगरपालिका कमिटिले संकलन गरेको राहत सामग्री महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

आइतवार महालक्ष्मी नगरपालिका बडा कार्यालय इमाडोलमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री नगर प्रमुख रामेश्वर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । राहत सामग्रीमा एक सय बोरा चामल, एक सय लिटर खानेतेल, एक सय केजी नुन,तीन सय केजी दाल, साबुन लगायतका अत्याबश्यक बस्तु छन् ।

अति बिपन्न, दैनिक ज्यालादारी गरेर छाक टार्ने श्रमिक, अपांगता भएका, बृद्ध , अशक्तहरुलाई थोरै भएपनि राहत पुर्याउने उद्येश्यले राहत सामग्री नगरपालिकालाई उपलब्ध गराएको र नगरपालिकाले समानुपातिक रुपमा सबै वडामा बितरण गर्ने नेकपा बाग्मती प्रदेश कमिटि सदस्य एवं महालक्ष्मी नगरपालिकाका सल्लाहकार शिब कट्टेलले जानकारी दिनुभयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उप मेयर निर्मला थापा, नेकपा बागमती प्रदेश कमिटि सदस्य दिपेन्द्र श्रेष्ठ,महालक्ष्मी नगरपालिका कमिटिका इन्चार्ज भरत पराजुली, अध्यक्ष हरि गोबिन्द श्रेष्ठ, सामाजिक सेवा केन्द्रका अध्यक्ष बाबुराम कोइराला, सहकारी कर्मी रामहरि बजगाई लगायतको उपस्थिति थियो ।

राहत सामग्री ग्रहण गर्दे नगरप्रमुख श्रेष्ठले राहत सामग्री उपलब्ध गराएकोमा आभार ब्यक्त गर्दे निश्चित मापदण्डभित्र रहेर बास्तबिक पीडितलाई राहत उपलब्ध गराइने जानकारी दिए ।

नेकपा प्रदेश कमिटि सदस्य कट्टेलले मानविय भावनाबाट उत्प्रेरित भएर सामाजिक उत्तरदायित्व सम्झिएर राहत संकलन गरि नगरवासीलाइ नगरपालिका मार्फत उपलब्ध गराइएको जानकारी दिए ।