कोरोना भाइरसका कारण विश्वभर ३७ हजार भन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

कोरोना भाइरसका कारण विश्वभर ३७ हजार भन्दा बढीको मृत्यु

corona

एजेन्सी, १८ चैत । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८ सय ४० पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ हजार ८ सय ४० पुगेको हो ।

विश्वका १ सय ९९ देशका ७ लाख ८७ हजार ६ सय ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, एक लाख ६६ हजार  ७ सय ६८ जना उपचारपछि निको भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यसैबीच अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ । अमेरिकामा कुल १ लाख ६४ हजार ६ सय १० जनालाई संक्रमण पुष्टि भएको छ । अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ । त्यहाँ १ लाख १ हजार ७ सय ३९ जनालाई संक्रमण पुष्टि भएको छ ।

इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । यसैगरी स्पेनमा ७ हजार ३ सय ४०, चीनमा ३ हजार ३ सय ४, इरानमा २ हजार ७ सय ७७ , फ्रान्समा २ हजार ६ सय बेलायतमा १ हजार २ सय २८ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);