अमेरिकामा १ लाख ६४ हजारभन्दा धेरै कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकामा १ लाख ६४ हजारभन्दा धेरै कोरोना संक्रमित

us america

एजेन्सी, १८ चैत । जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या चीनको भन्दा दोब्बर पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ६४ हजारभन्दा धेरै पुगेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्यांकले देखाएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा मृतकको संख्या १ लाखभन्दा कममा राख्नु मुलुकको ठूलो उपलब्धि हुने बताएका छन् ।

पहिलो पटक कोरोनाको संक्रमण देखिएको चीनमा भने यो संख्या ८२ हजार मात्र छ । सुरुवातमा चीनमा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित देखिएका थिए । तर चीन पछिल्लो समय अन्य मुलुकको तुलनामा कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);