कोरोनाभाइरसबाट विश्वभर २७,८८९ को मृत्यु, अमेरिकामा मात्रै १०४,८३७ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाभाइरसबाट विश्वभर २७,८८९ को मृत्यु, अमेरिकामा मात्रै १०४,८३७ जना संक्रमित

corona dead

एजेन्सी, १५ चैत । कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ हजार ८ सय ८९ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ६ लाख ५ हजार ३ सय १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, एक लाख ३४ हजार ७५ जना उपचारपछि निको भएका छन्।

यसैबीच संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ। अमेरिकामा कुल १ लाख ४ हजार ८ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ ।

अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ । त्यहाँ ८६ हजार ४ सय ९८ जनालाई संक्रमण पुष्टि भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);