कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका निम्ति खतरा: राष्ट्रसङ्घ

un

एजेन्सी, १३ चैत ।संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लाग्नुपर्ने बताउनु भएको छ । एन्टोनियो गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताउनुभयो।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसङ्घले दुई अर्ब डलर कोषको घोषणा गरेको छ।

महासचिवले, “यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलिन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्ने बताउनुभयो ।

“त्यति मात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ। त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।”

यसबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ)ले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ।

सङ्क्रमणबाट अतिप्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतिजा ल्याउने राम्रा सङ्केत देखिएको डब्ल्यूएचओले बताएको छ।

यसअघि उनले कोरोनाभाइरस प्रकोपका माझ विश्वभरि चलिरहेका द्वन्द्वको युद्धविराम गरिनुपर्ने बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);