यूएईमा पनि देखियो मंकीपक्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यूएईमा पनि देखियो मंकीपक्स

एजेन्सी । विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ ।

पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । ‘हामीले संदिग्ध बिरामीहरूको निदानको लागि सटिक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सामान्य ज्वारो आउनु, शरिरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन् । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);