प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, सबै मुख्य सूचकांकहरु राम्रो (विज्ञप्ती सहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८२, आइतबार

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, सबै मुख्य सूचकांकहरु राम्रो (विज्ञप्ती सहित)

काठमाडौं, २१ फागुन । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको चिकित्सकले बताएका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सम्पन्न भएपछि चिकित्सकले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ।’

अस्पतालले जारी गरेको विज्ञप्ती हेर्नुहोस् :