काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण जारी छ । प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजे मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालले जनाएको छ । उहाँको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलताको कमना गर्दै विभिन्न देशका समकक्षीहरुले उहाँलाई लिखित शुभकामना सन्देश पठाएका छन् । भारत, जापान, पाकिस्तान, र भुटानका प्रधानमन्त्रीहरुले नेपालमा रहेका आफ्ना राजदूतहरुमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश दिएका हुन ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले प्रधानमन्त्री ओलीको शल्यक्रिया अपरान्ह ४ बजेसम्म सकिने चिकित्सकहरुले बताएका जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।