सभामुख सापकोटा र नेपालका लागि नर्वेका राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सभामुख सापकोटा र नेपालका लागि नर्वेका राजदूतबीच भेटवार्ता

agani sapkota

काठमाडौं, ५ फागुन । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो । भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडी बढ्नुपर्ने बताउनुभयो । भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);