बलात्कारसम्बन्धी मुद्दामा महरालाई सफाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बलात्कारसम्बन्धी मुद्दामा महरालाई सफाइ

Krishna_Mahara

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासमा आइतबार मुद्दाको अन्तिम बहस सकिएकोमा आज फैसला सुनाइको हो । आइतबार बहस सकिएपनि समय अभावका कारण फैसला सुनाउने काम आजका लागि सारिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्यलगायका अधिवक्तहरुले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);