काठमाडौं, ११ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटी १० खेलाडीमा सिमित भएको थियो । १० खेलाडीमा सिमित भएको न्युरोड टिम एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकेको हो ।
खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । खेलमा एनआरटीका गोलरक्षक अजित प्रजापति म्यान अफ दि म्याच भए ।
बराबरीसँगै आर्मीले शीर्ष स्थान सुरक्षित गरेपनि ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । एनआरटी ८ खेलमा १२ अंकसंगै पाँचौं स्थानमा रहेको छ ।