ए डिभिजन : एनआरटी र जावलाखेल गोल रहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ए डिभिजन : एनआरटी र जावलाखेल गोल रहित बराबरीमा

football

काठमाडौं, २१ पुस । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । खेलमा पाएको अवसर गुमाउँदा दुबै टोलीले १–१ अंक बाँडेका हुन् ।

दुबै टोलीले गोलको अवसर पाएपनि गोल गर्न चुकेका थिए । यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ । एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);