२२ औं भूकम्प दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

२२ औं भूकम्प दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्ने सरकारको तयारी

काठमाडौं, २८ पुस । सरकारले २२ औं भूकम्प दिवसको अवसरमा देशव्यापी रुपमा सचेतना कार्यक्रम गर्ने भएको छ । सोमबार एक कार्यक्रम गर्दै शहरी विकास मन्त्रालयले आउने माघ २ गते भूकम्प दिवस नजिकिदै गर्दा भूकम्पीय जोखिम न्युनिकरण तथा भवन संहिताको कार्यान्वयनका लागि देशभर सचेतना कार्यक्रम संचालन गर्ने जानकारी दिएको हो ।

अहिलेको सन्दर्भमा सुरक्षित भवन निर्माण सम्बन्धी सचेतना कार्यक्रम आवश्यक रहेको शहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले बताउनुभयो ।

भूकम्पबाट हुने आर्थिक सामाजिक र भौतिक क्षति न्युनीकरण गर्न संस्थागत एवं व्यवस्थापकीय अवधारणा जरुरी रहेको मन्त्रालयको भनाइ छ । कार्यक्रममा सहयोग गर्न मन्त्रालयले सबैलाई आव्हान समेत गरेको छ ।

ताजा समाचार