काठमाडौंमा बाईक चोरीका घटनामा बृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

काठमाडौंमा बाईक चोरीका घटनामा बृद्धि

bike-thief

काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकामा दैनिक ठुलो संख्यामा बाईक तथा स्कुटरहरु हराउने गरेका छन् । कतिपय बाईक तथा स्कुटरहरु पार्किङ गरेको स्थानबाट नै हराउँछन् त कतिपय घरमा सुरक्षित राखेको ठाउँबाट नै हराउने गरेका छन् ।

गत साउन १ बाट पौष १९ सम्ममा ट्राफिक प्रहरी महाशाखाले २ सय ११ वटा मोटरसाईकल पक्राउ गरेको छ । जस मध्ये १ सय ७७ वटा सम्बन्धीत व्यक्तिलाई बुझाई सकिएको छ ।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिएका उक्त बाईकहरु सम्बन्धीत ब्यक्तिलाई सम्पर्क गरि बुझाउने गरेको छ । यदि आफ्नो सामान हराएमा वा कोहि शंकास्पद व्यक्ति भेटिएमा तत्काल खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

जतिसुकै समय लगाएर भएपनि चोरीएका बाईकहरु फेला पारेर संबन्धीत व्यक्तिलाई बुझाउने ट्राफिक प्रहरी महाशाखाले प्रतिबद्धता जनाएको छ ।

हराएको एक वर्ष भन्दा पनि बढि समय सम्म नभेटिँदा सवारी धनीमा भेटिने आशा नै हराएको हुन्छ । हराएका बाईकहरु लामो समयसम्म पनि नभेटिए पछि आश मारेर बसेका व्यक्तिहरु प्रहरीले भेटेर खबर गरेपछि खुसी त हुन्छन् तर चोरिएका बाईकहरुको सामान भने हराउने उनीहरुको भनाई छ ।

महानगरीय ट्राफीक प्रहरी महाशाखाले वेवारीसे अवस्थामा फेला परेका तथा चोरीका बाईक तथा स्कुटरहरु सम्बन्धीत व्यक्तिलाई बुझाउने गरेको छ । मोटरसाइकल पार्किङ गर्दा एकान्त स्थानमा नगर्ने, रातको समयमा उज्यालो स्थानमा मात्र पार्किङ गर्ने, अस्पताल क्षेत्रमा पार्किङ गर्दा सतर्कता अपनाउने तथा मोटरसाइकलमा डवल लक राख्न पनि महाशाखाले सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);