सडक महोत्सवले पोखरामा चहलपहल बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सडक महोत्सवले पोखरामा चहलपहल बढ्यो

पोखरा, १४ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित पोखरा सडक महोत्सवले पोखरामा चहलपहल बढेको छ । रेस्टुटेन्ट एण्ड बार एसोसिएसन नेपाल रेवान पोखराको आयोजनामा भइरहेको २१ औं संस्करणको सडक महोत्सवले चहलपहल बढाएको हो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो । नेपाल भ्रम्रण वर्ष २०२० लाई लक्षित गरेर आयोजना गरिएको महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिएको महोत्सव आयोजकले जनाएको छ ।

पोखराको लेकसाइड वरपर तीन किलोमिटर सडक क्षेत्रमा चार ठाउँमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन भइरहेको छ । पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न महोत्सव सहयोगी हुने आयोजकको दावि छ । महोत्सव यहि पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);