देशैभर चिसो बढ्यो, कर्णालीका उच्च हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८३, बुधवार

देशैभर चिसो बढ्यो, कर्णालीका उच्च हिमाली भेगमा हिमपात

काठमाडौं, २६ मंसिर । कर्णालीका उच्च हिमाली भागमा बिहीबार हिमपात भएको छ । बुधबारदेखि नेपालको पश्चिम भूभागबाट न्यून चापीय प्रणालीको प्रवेश भएसँगै हिमाली भागमा हिमपात तथा अन्य स्थानको तापक्रममा बिहीवार गिरावट आएको मौषमबिदले बताएका छन् ।

हिमपातले गर्दा हुम्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा उडान गर्दै आएका बिभिन्न हवाई उडान प्रभाबित भएका छन् ।

हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका बताइएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको छ ।

हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा खेतीपाती राम्रो हुने किसानले बताएका छन् ।

हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । मौषममा आएको बदलीका कारण काठमाण्डौ उपत्यका सहित देशका बिभिन्न स्थानमा चिसो बढेको छ । मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने मौसमविदले बताएका छन् ।

ताजा समाचार