सीमा विवाद मिलाउन सरकारले अग्रसरता लिनुपर्ने कांग्रेस नेताको भनाई | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

सीमा विवाद मिलाउन सरकारले अग्रसरता लिनुपर्ने कांग्रेस नेताको भनाई

ramchandra paudel

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका नेताहरुले सिमामा देखिएको विवाद मिलाउन सरकारले अग्रसरत लिनुपर्ने बताएका छन् । माउन्टन टेलिभिजनसंगको कुराकानीमा नेपाली काग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले सिमामा देखिएको विवाद मिलाउनका लागी सरकारले भुमिका खेल्नु्पर्ने बताउनुभएको हो। सरकारले आफनो देशको सिमानाको बिषयमा स्पष्ट धारणा राख्न सक्नुपर्ने उहाँको भनाइ छ ।

यसैगरी नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले छिमेकीलाई एक इन्च जमिन पनि मिच्न नदिने र आफुले पनि अरुको एक इन्च नमिच्ने प्रतिक्रिया दिनुुभयो । उहाँले यो बिषयमा कांग्रेसले सहयोगीको प्रतिपक्षीको भुमिका निभाउने बताउनुभयो ।

कोइरालाले सिमानाको बिषयमा सरकारले मुख्य भुमिका खेल्नुपर्ने भन्दै सिमानको बिषयमा कुटनीतिक पहल गर्न सरकारलाई आग्रह समेत गर्नुभयो ।