साग उद्घाटन र समापनको दिन जोर विजोर प्रणाली लागू हुने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

साग उद्घाटन र समापनको दिन जोर विजोर प्रणाली लागू हुने

jor bijor

काठमाडौं, १२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको उद्घाटन र समापनको दिन सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

सागको तयारी बारे विहीवार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सागको उदघाटन र समापनको दिन उपत्यकाका सवारी साधनमा जोर विजोर लागू हुने जानकारी दिनु भएको हो । खनालका अनुसार मंसिर १५ गते सागको उद्घाटनको दिन विजोर नम्बरका र मंसिर २४ गते समापनको दिन जोर नम्बरका गाडीमात्र चलाउन पाइनेछ ।

यसैगरी सागको समयमा पुरा गाडी नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा साग खेलकुद सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त, व्यवस्थित र सुरक्षित बनाउन ८ बुँदे विशेष अनुरोध नै जारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);