सर्वोच्च नेता बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

सर्वोच्च नेता बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा

bagdadi

एजेन्सी, १५ कात्तिक । विद्रोही संगठन इस्लामिक स्टेट आईएसले सर्वोच्च नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ । आईएसको समाचार एजेन्सी अमाकले सार्वजनिक गरेको अडिओ टेप अनुसार अबु इब्राहिम अल हाशेमी अल कुरैशी नयाँ नेता घोषित भएका छन् ।

अमेरिकी सैनिकले गरेको विशेष कारबाहीमा अल–बग्दादीको गत शनिबार सिरियामा मृत्यु भएको थियो । आइ एसले एउटा छुट्टै कारबाहीमा गत अक्टोबर २७ तारिखमा समूहका प्रवक्ता अबु अल हसन अल मुजाहिर पनि मारिएको पुष्टि गरेको छ । आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल बग्दादी सर्वोच्च नेता घोषित भएका थिए । आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण र तस्वीर सार्वजनिक गरेको छैन ।