एजेन्सी, १४ कात्तिक । ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । प्रहरीले र शंकास्पद लागुऔषध कारोबारी विरुद्ध ब्राजिलको मानायुसमा गरेको सुरक्षा कारबाहीमा १७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
कारबाहीका क्रममा प्रहरीको गोली लागेर घाइतेलाई अस्पताल लगिएको थियो । त्यसपछि उनीहरूलाई अस्पतालमै मृत घोषणा गरिएको ब्राजिल प्रहरीले जनाएको छ । लागुऔषध प्रयोगकर्ता र कारोवारीका विरुद्धमा विषेश अभियान नै चलाएको ब्राजिल प्रहरीले यो घटनालाई सफलताको रूपमा लिएको छ । घटनास्थलबाट प्रहरीले हतियार पनि बरामद गरेको छ ।
लागुऔषधको कारोवार नियन्त्रण गर्न ब्राजिलले उत्तरी क्षेत्रमा विशेष अभियान थालेको छ । त्यो क्षेत्र छिमेकी मुलुकहरू कोलम्बिया, पेरु र बोलिभियासँगको रणनीतिक महत्वको क्षेत्र मानिन्छ ।




