जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा सशस्त्र समूहका एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जम्मू-कश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण, जवाफी कारबाहीमा सशस्त्र समूहका एकको मृत्यु

एजेन्सी । जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ । शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना फरार भएका छन । प्रहरीले उनीहरूबाट हातहतियार पनि बरामद गरेको छ । प्रहरीको जवाफी कारबाहीमा मारिएका आकिब बशीर कुमार नामका ती व्यक्ति प्रतिबन्धित सशस्त्र संगठन लश्कर-ए-तैयबासँगसम्बन्धीत रहेको दाबी गरिएको छ ।

यसैबीच प्रहरी लक्षित आक्रमण हुन थालेपछि भारतीय गृहमन्त्री अमित शाहले जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हालाई दिल्ली डाकेका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);