काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।
नेपाल सम्वत् ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “नेपाल सम्वत्ले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् । ”
नेपाल सम्वत्का प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गर्नुभएको छ ।
शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो सम्वत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यसको सुरुवात जसरी विपन्ता विरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्ता विरुद्ध, गरिबी विरुद्ध लड्न नेपाल सम्वत्को नयाँ बर्षले मद्धत पु¥याओस।”
प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत्त पु¥याओस् । म सबैमा हार्दिक शुभकामनाव् यक्त गर्दछु ।”