काठमाडौँ, २१ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गर्नु भएको छ । पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण गर्नु भएको हो ।
उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाई दिनुभएको छ ।