बडादसैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बडादसैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

bidhya-bhandari

काठमाडौं, असोज २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादसैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मंगलबार दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताउनु भएको छ ।

‘हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्’–राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);