नेपाली समाज हाेलीमा खेलिने रङजस्तै विविधतापूर्ण : राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली समाज हाेलीमा खेलिने रङजस्तै विविधतापूर्ण : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएकी छन् ।

हाेलीकाे शुभकामना सन्देश जारी गर्दै भण्डारीले विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको बताएकी छन् । त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् ।

‘हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्,’  राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);