प्रहरीलाई सवारी साधन हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रहरीलाई सवारी साधन हस्तान्तरण

कैलाली, ८ असोज । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि सवारी साधन हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ वटा गाडीको साँचो हस्तान्तरण गर्नुभएको हो । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारमा नौ वटा गाडी खरिद गरेको थियो ।

प्रति गाडी ३६ लाख ९९ हजारका दरले खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेश प्रहरीका लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि नौ वटै जिल्लामा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिनु भयो ।

खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेशका सबै जिल्लाहरुमा प्रहरीको लागि सवारी साधन अभाव भइरहेका बेला प्रदेश सरकारले वितरण गरेको गाडीले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);