काठमाडौं, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति नाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले सोमवार साँझ पशुपतिनाथ मन्दिरमा पुगेर पूजा अर्चना गर्नुभएको हो ।
उहाँले करिब २० मिनेट मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि पशुपतिनाथ मन्दिर पुग्नुभएको थियो । मन्दिरकाे दर्शनपछि राष्ट्रपतिलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिनुभएकाे थियाे ।