राष्ट्रपति भण्डारीद्वारा जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना

प्रदेश सरकारले संचालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको प्रसंशा

जनकपुरधाम, ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । जानकी नवमीको अवसरमा राष्ट्रपति भण्डारी आज जनकपुरधाम आउनुभएको छ । राष्ट्रपति भण्डारीलाई जानकी मन्दिर व्यवस्थापन पक्ष, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले सम्मानसहित मायाको चिनो समेत प्रदान गरेको छ ।

यस भन्दा पहिले मधेश आन्दोलनको क्रममा विवाह पञ्चमीको समयमा राष्ट्रपति भण्डारीले जानकी मन्दीरमा प्रवेश गर्दा ठुलो विरोधको सामना गर्नुपरेको थियो । तर यस पटक भने विरोधको त्यस्तो कुनै सामना गर्नु परेन । राष्ट्रपतिलाई सम्मानका साथ भव्य स्वागत गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले जारी गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रशंसनीय रहेको बताउनु भएको छ । जानकी नवमीको अवसरमा सोमबार जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना पश्चात सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले शुरु गरेको बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी रुपमा अघि बढेकोमा प्रशंसा गर्नुभएको हो ।

भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठले तराई मधेशको विकास तथा धार्मिक सांस्कृतिक क्षेत्रहरुको संरक्षणको आवश्यकता रहेकोले नेपाल सरकार यसप्रति गम्भीर रहेको बताउनु भएको छ । नेपालको धार्मिक सांस्कृतिक जग्गाको संरक्षण गर्न र अतिक्रमणबाट रोक्न नेपाल सरकारले उच्च स्तरीय समिति समेत गठन गरेको जानकारी गराउनु भयो ।

अहिलेसम्म सरकारको नजरबाट टाढा रहेको जानकी मन्दिर र यहाँको महोत्सवहरुलाई प्रदेश सरकारले अपनत्व गरिसकेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । प्राचिन भूमि जनकपुरधामको समग्र विकास, हिन्दु धर्म र माता जानकीसँग जोडिएको जनकपुरधामसहित प्रदेश नं. २ को विकासलाई मध्यनजर गर्दै जनकपुरधामको जानकी मन्दिरलाई केन्द्रको रुपमा लिएर प्रदेश सरकारले काम अगाडी बढाएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);