दोलखाको शैलुङमा पहिरो, २० घर विस्थापित | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

दोलखाको शैलुङमा पहिरो, २० घर विस्थापित

sailung-pahiro dolakha

काठमाडौं, ९ भदौ । गए रातिको अविरल बर्षाको कारण दोलखाको शैलुङगेश्वर गाउँपालिकामा भयानक पहिरो गएको छ । शैलुङ गाउँपालिका वडा नं ८ का २० घर तत्काल स्थानान्तरण गर्नु पर्ने गरी पहिरो गएको छ ।

समाजिक संजालमा समेत अपिल गर्दै वडा नं ८ का अध्यक्ष रामेश्वर उप्रेतीले नेपाल सरकार र अन्य गैरसरकारी संस्थाहरुसंग विस्थापित परिवारलाई सहयोग गर्न आह्वान गरेका छन ।

शैलुङगेश्वरको थिङ टोलका ७ घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका ४ घर, तल्लो पोखरेका २ घर र दारेगौडा कार्की टोलका ५ घरका नागरिकलाई उदार गरि स्थानिय बिद्यालयको भवनमा राखेको अध्यक्ष उप्रेतीले बताए छन् ।

बिपदमा परेका नागरिकहरुको उद्धार गरेपनि उनीहरुलाई दीर्घकालिन बासको निमार्णको लागि सहयोग गरिदिन सम्बन्धित सरोकारवाला निकायसंग नेकपा शैलुङ ८ का अध्यक्ष महोन सिंह तमाङले अपिल गरेका छन । स्थानिय सहयोगी हाताहरु तत्काल पुगी सहयोग गरिदिन समेत तमाङले आग्रह गरे ।

विस्थापित शैलुङवासीलाई स्थायी आवासको ब्यबस्था गर्नको लागि योजना बनाई नेपाल सरकारसंग आग्रह गर्ने गाउँपालिका अध्यक्ष भरत दुलालले बताए । दुलालले भने, ‘जनतालाई पिडाबाट मुक्त गर्न गाउँपालिका सरकार आहोरात्र खट्ने छ ।’ बिस्थापित नागरिकको स्थायी आवासको ब्यबस्थाको लागी जहाँबाट सहयोग जुटाएर हुन्छ या गाउँपालिका कै अन्य शिर्षकको बजेटबाट भए पनि रकम छुटाउने दुलालले प्रतिबद्धता जाहेर गरे । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);