पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं, २ भदौ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

सोमबार भएको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपाललाई किर्गिस्तानले २५–२३, २५–२२ र २५–२२ को सेटमा पराजित गर्यो ।

जितसँगै समूह ’ए’ को किर्गिस्तानले २ अंक जोडेको छ । र, किर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । किर्गिस्तानले अब मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।हारसँगै नेपाललाई सेमिफाइनलमा पुग्न अन्तिम खेल जित्नै पर्ने भएको छ ।

अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्नेछ ।प्रतियोगिता अन्तर्गत सामवार नै समूह ’बी’ को पहिलो खेलमा तुर्किमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान गरि ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);