सांसदद्धारा लोकसेवासहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सांसदद्धारा लोकसेवासहित विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

pratinidhi sabha

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै विभिन्न सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले किसानहरुले समयमा मल नपाएको, लोकसेवाले आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको देखि जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

यसैगरी जनताहरु विषादीयुक्त तरकारी तथा फलफुल खान बाध्य भईरहेको भन्दै जनताको स्वास्थयप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका सांसद विमला नेपालीले लोकसेवा आयोगले ९ हजार भन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । यसले जारी असन्तुष्ठीलाई मलजल पुगी अर्को द्धन्द्ध निम्तने खतरा रहेको भन्दै उहाँले सरकार समानुपातिक समावेशीको विरोधी हो भनी प्रश्न गर्नुभयो ।

बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पुर्व तयारी गर्न सरकारको गम्भीर हुन बृजेश कुमार गुप्ताले ध्यानाकर्षण गराउनुभयो । नेकपाका सांसद महेश बस्नेतले सुर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसैगरी सांसदहरु राजेन्द्र कुमार राई, रानी मण्डल लगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);