काठमाडौं, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल,डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानव अंग बेचबिखनजस्ता कामका लागि मानव बेचबिखन हुने गरेको छ । रोजगारको नाममा नेपाली महिलाहरु युरोप,खाडी मुलुकदेखि दक्षिण अफ्रिकासम्म बेचिंदै आएको पाइन्छ । वर्षेनी कति महिलाहरु नेपालबाट बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक भने छैन । यद्यपी, विश्वमा सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको अनुमान छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।