नेपालगन्ज, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालयले तीनजना इन्जिनियर र एक चालक सहित ४ जनालाई घुस लिदै गरेको आरोपमा पक्राउ गरेको छ ।
उनीहरुलाई अख्तियारले शनिवार १५ लाख घूस लिँदै गरेको आरोपमा पक्राउ गरेको हो उनीहरुलाई बर्दिया गेरुवा गाउँपालिका—१ बिहानी बजारस्थित एक कटेजबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कर्णाली नदी व्यवस्थापन कार्यालय,राजापुरका इन्जिनियर विशेश्वरप्रसाद साह, कमल प्रसाद सिटौला र हरिप्रसाद चौधरीलाई निर्माण व्यवसायी र उपभोक्ताबाट बाट घूस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको नेपालगन्जस्थित अख्तियार कार्यालयले जनाएको छ ।




