गगनको प्रश्न, प्रधानमन्त्रीको राष्ट्रवादी खुट्टा देखि सकियो, घुडामा कत्रो भ्वाङ पर्यो देखाईदिनु ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

गगनको प्रश्न, प्रधानमन्त्रीको राष्ट्रवादी खुट्टा देखि सकियो, घुडामा कत्रो भ्वाङ पर्यो देखाईदिनु ?

gagan thapa-sunya samaya

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांंग्रेसका सांसद अतहर कमाल मुसलमानले नाम उल्लेख नगरीकनै ट्वीट मा उल्लेखित ‘छौँडाहरु’ को, कसरी संचालित छन् भनी प्रश्न गर्नुभयो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार रिमालको ट्वीटबारे सर्वत्र चर्चा भईरहेका बेला सांसद मुसलमानले सरकारलाई नै ‘छौँडाहरु’ का बारेमा प्रश्न गर्नुभएको हो ।

यस्तैै सांसद गगन थापाले आफुलाई राष्ट्रवादी बताउने सरकारले विदेशीको दबाबमा भारतबाट आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्दै राष्ट्रवादी खुट्टा देखि सकिएको प्रतिक्रिया दिनुभएको छ ।

यसैगरी सांसद अग्नि प्रसाद सापकोटाले बर्षा संगै आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ अन्र्तगत जुगल गाउपालिकास्थित मार्मि खोलामा आएको बाढीले बगाएकाहरुको खोजी कार्य तिब्र पारी घाईतेको उपचारको माग गर्नुभयो ।

यसैगरी प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्ने सांसदहरले सरकारको ध्यानाकर्षण गराएका थिए ।