प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको ट्वीटले गर्मायो सामाजिक सञ्जाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको ट्वीटले गर्मायो सामाजिक सञ्जाल

bishnu rimal tweet

अप्सरा गौतम
काठमाडौं, २२ असार । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो । बिष्णु रिमालको ट्वीटमा कतीपयले आक्रोसित भएर रिट्वीट गरे । बहसमा सर्वसाधारणदेखि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ता छन् । केहीले रिमालको ट्वीटको समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन ।

पछिल्लो समय सडकदेखि संसदसम्म बोलीने भाषामा नकारात्मक रूपमा शब्द प्रयोग हुने गरेका छन् । केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको निम्छरा शब्दले पनि सांसदहरु आक्रोसित बनेका थिए । यसरी दिनप्रतिदिन नकारात्मक किसिमका अर्थ राख्ने शब्दहरु विभिन्न दलका नेताहरुले बोलीरहंदा सामाजिक संजालमा शनिबार गरीएको एउटा ट्वीटले पनि समाजिक संजाल लगायत सत्तारुढ नेकपा पंक्तिमा पनि खैलाबैला मच्चिएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एकाबिहानै निकै आक्रामक ट्वीट गर्नु भयो । कसलाई लक्ष्य गरिएको भन्ने नखुले पनि उहाँले विरोधीहरूलाई ‘छौँडा’ को संज्ञा दिनु भयो ।

सभ्य समाजमा विरोधी नै भए पनि कसैलाई ’छौँडा’ भन्नु राम्रो मानिँदैन। अझ धर्ममा विश्वास नगर्ने र अन्धविश्वासका तीव्र विरोध गर्ने कम्युनिष्ट दर्शनको दीक्षा लिएका विद्वान् रिमालले एकाबिहानै ट्वीटमा किन यस्तो शब्द प्रयोग गर्नु भयो भन्ने विषयमा यतिबेला सामाजिक संजाल तातीएको छ ।

रिमालको ट्वीटलाई रिट्वीट गर्दै वरिष्ठ पत्रकार तारानाथ दहालले छिछि सरकारका प्रमुख सल्लाहाकारको भनाई भन्दै रिट्वीट गर्नूहुन्छ । त्यसैगरी रिमालको समर्थन गर्दैे विद्यार्थी आरसी लामिछानेले छौँडालाई दौडाउन लागि पर्नेहरु भित्रकै हुनपो भन्छन त भन्दै समाजिक संजालमा ट्वीट गर्नुहुनछ ।

टिकाराम रेग्मी ट्वीट गर्नूहुन्छ, शब्दहरु चयन देख्दा नेपाल सरकारको जागीर त परै जाओस । अर्काको देशमा भााडा माझ्नेसम्म लायक देखिएन । ओली ठिकै थिए होलान, बिगार्ने यस्ता शब्दभण्डारहरु छन् । त्यसैगरी रिमालले गरेको ट्वीटको जवाफ दिदै मोहनप्रसाद मैनाली लेख्नुहुन्छ, प्रधानमन्त्रीका राजनितिक सल्लाहाकार विष्णु रिमालले सरकारलाई छौँडा लागेको बताउनु भएको छ । तन्त्रमन्त्र आदिमा विश्वास नगर्ने कम्युनिष्ट सदस्यले छौँडा लागेको शंका गर्नू पुरातन सोचनै प्रवल रहेछ भन्ने सन्देस होईन र प्रसंगमा यो श्ब्द प्रयोग नगरेको भए सहि हुने थियो ।

अर्का केन्द्रीय सदस्य डा। बिजय पौडेल लेख्नुहुन्छ, विष्णु सर यो अमूर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्याण्डल हो ? हो भने यस्तो नलेख्नुस् । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम है । यस्तो रिस लागेजस्तो नदेखाम् ।

शनिबार संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना हुनु र भोलिपल्ट विहानै रिमालको आक्रामक ट्वीट आउनुले उनको ट्वीटबारे यतिबेला अनेक अड्कलबाजी भइरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);