सरकारको कामकारवाही अलोकप्रिय बन्दै गएको नेता नेपालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

सरकारको कामकारवाही अलोकप्रिय बन्दै गएको नेता नेपालको टिप्पणी

madhav kumar nepal

काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

मंगलवार पूर्व सांसद मञ्च नेपालद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति, अवकास लगायत क्रियाकलावका कारण जनतामा असन्तुष्टी बढ्दै गएको बताउनुभएको हो । उहाँले न्युनतम पुर्वाधार विना नै सरकारले विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी गर्नुभयो ।

नेता नेपालले भारतीय फिल्म अवार्ड (आइफा)नेपालमा गर्न लागिएको सन्दर्भबारे आफ्नो मुलुकका लागि हुने लाभ हानीको विश्लेषण गरि निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);