काठमाडौं, १३ असार । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार ९ जना उत्तीर्ण भएका छन् ।
गत जेठ २६ र २७ गते सम्पन्न परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा दिएको नेपाल इपीएस सेन्टरले जनाएको छ । ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए ।
कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए ।
कोरियामा विदेशी कामदार लैजाने १६ देश मध्ये कामदार संख्याको आधारमा कम्बोडिया पछि नेपाल दोस्रो स्थानमा रहेको छ । सन् २००७ बाट नेपालमा इपीएस सुरु भए यता अन्य देशको तुलानामा नेपाली कामदार इमान्दार र राम्रो भाषा बोल्ने भएकाले नै नेपालीको संख्यामा वृद्धि भएको जनाइएको छ ।