'सिरिन्ज आक्रमण'का आरोपी एक हुन वा अरु पनि छन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘सिरिन्ज आक्रमण’का आरोपी एक हुन वा अरु पनि छन् ?

syringe akraman-santosh karki

पुष्पा पोखरेल
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा पछिल्लो समय शृङ्खलावद्व रुपमा सिरिन्ज आक्रमणका घटनाले सर्वसाधारणमा त्रास बढाएको बेला प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पीडितहरुको उजुरीका आधारमा प्रहरीले रामेछाप घर भई काठमाडौं बस्ने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सुई आतंकबाट नौ जना पीडित भएका छन् ।

केहि साता यता उपत्यकामा सिरिन्ज आतंक मच्चाउने एक जना पक्राउ परेपछि पिडितहरुले राहात महशुस गरेका छन् । रामेछाप घरभई माहाराजगन्जमा होटल व्यवसाय गर्दै आएका सन्तोष कार्कीलाई प्रहरीले बिहिबार राति मोटरसाइकलसहित महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी काठमाडौंमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा सिरिन्ज आतंकको पहिलो घटना बैशाख १५ मा भएको थियो । त्यस यता नौ वटा यस्ता घटना भएका छन् । त्यस मध्ये घटनामा ३ जना युवती पीडित भएका छन् । हिंडिरहेको अवस्थामा घोच्ने वस्तुले घोचेर फरार हुँदा पीडकलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । अहिले प्रहरीले रामेछापका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको छ । उनी वैदेशिक रोजगारबाट फर्कि काठमाडौंमा रेष्टुरेण्ट पेशा गर्दै आएका छन् । कार्कीलाई पक्राउ गरेपछि पीडित मध्येकी एक २३ वर्षीया युबतीका श्रीमानले उनलाई कडा कारवाही गर्न माग गरेका छन् ।

राती कामबाट घर फर्कदै गर्दा बाइकमा आएका दुई जनाले घोचेर भागेको पीडितका आफन्त बताउँछन । यस्तो आतंक नेपालमा मात्र होइन अन्तराष्ट्रिय जगतमा पनि देखा परेको छ । केहि समय अगाडि अमेरिकामा एचआइभि एड्स रोगबाट पिडित व्यक्तिले यसरी नै सिरिन्ज आतंक मच्चाएका थिए । नेपालमा पनि त्यस्तै सिरिन्ज आक्रमण हो या होइन अहिले अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार, पक्राउ परेका कार्कीले सिरिन्ज नभई एउटा किलाले मनोरन्जनका लागि घोचेको भनी बयान दिएका छन ।

उपत्यकामा पछिल्लो समय सिरिन्ज आतंक भनेर सर्वसाधारण त्रसित बनिरहेका बेला आक्रमणकारी स्वंयमले उक्त बस्तु सिरिन्ज नभएर किला भएको खुलासा गरेका छन । प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनक त ग¥यो । तर उपत्यकामा भएका नौ वटा घटनाका पात्र तिनै एक हुन वा अरु पनि छन् ? यकिन हुन सकेको छैन ।

किला ले नै हो या सिरिन्ज प्रयोग भएको थियो, यो पनि अहिले अनुसन्धानकै घेरामा रहेको छ । तर प्रहरीले भने नतर्सिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);