एसइई नतिजा : शिक्षामा सरकारको लगानी खेर गएको शिक्षाविद्को टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एसइई नतिजा : शिक्षामा सरकारको लगानी खेर गएको शिक्षाविद्को टिप्पणी

see

प्रमिला भण्डारी
काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजालाई हेर्दा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको राम्रो देखिएको छ । अघिल्लो वर्षको झैं यस वर्ष पनि सामुदायिक विद्यालयको नतिजा खस्किएको छ । सरकारले सामुदायिक विद्यालयको स्तर उकास्न विभिन्न किसिमका अभियान चलाए पनि सबै प्रयास निरर्थक जस्तै देखिएको छ । शिक्षाविद्हरुले त शिक्षामा सरकारको लगानी खेर गएको भनी टिप्पणी गर्न थालेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई ) को पछिल्लो नतिजामा पनि विगतका वर्ष जस्तै निजी लगानीका विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा राम्रो हुन सकेन । बिहीबार प्रकाशित एसइई परीक्षामा कूल सहभागी विद्यार्थी ४ लाख ९५ हजार २ सय ७५ मध्ये सामुदायिक विद्यालयबाट ७० दशमलव ८४ र निजीबाट २९ दशमलव १६ प्रतिशत विद्यार्थी सहभागी भएका थिए । तर माथिल्लो जीपीए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७ सय ८८ जना निजी विद्यालयका रहेका छन् भने सामुदायिक विद्यालयका २ हजार ७ सय ९२ मात्र रहेका छन् ।

त्यस्तै सबैभन्दा तल्लो जीपीए ‘इ’ ल्याउनेमा सामुदायिक विद्यालयका छ हजार ६ सय ७३ छन् भने संस्थागतका एक हजार ९६ मात्र छन् । यसबाट प्रष्ट हुन्छ कि सरकारी विद्यालयको स्तर निजीको तुलनामा कमजोर छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाका अनुसार सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेका अभियानहरु देखाउनको लागि मात्र गर्ने भएकोले कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

सामुदायिक विद्यालयको नतिजा कमजोर भएको सामुदायिक विद्यालयहरु पनि स्विकार्छन् । यसको प्रमुख कारणमा सामुदायिक विद्यालयमा निगरानी नपुगेको शिक्षकहरुको भनाई छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको बाहुल्यता भएकोले सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको शिक्षकहरु बताउँछन् ।

सामुदायिक विद्यालयलाई माथि उकास्न शैक्षिक सत्र शुरु भएदेखिनै सरकारले भर्ना अभियान लगायतकै थुप्रै कार्यक्रम अघि बढाएको देखिन्छ । तथापी, विद्यालयमा आवश्यक भौतिक संरचनाको कमी, विद्यार्थी अनुपातमा शिक्षकको कमी, विषयगत शिक्षक नहुनु र शिक्षक भए पनि नियमित कक्षामा नजानु सामुदायिक विद्यालयको स्तर खस्कनुको मुख्य कारण देखिन्छ ।

शिक्षकमा बढी राजनीतिक प्रभाव र दवाव देखिनु पनि सुधार्नै नसकिएको कमजोर देखिन्छ । यसमा सुधार नभएसम्म एसईईको नतिजा यस्तै हुने सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);